
बालबालिकालाई प्रोत्साहन गर्नुपर्छ भन्ने सन्देश बोकेको नयाँ गीत खुसीका पलहरूको भिडियो बजारमा आएको छ । बालबालिका, अशक्त तथा असहायलाई सहयोग मिलोस् भनेर यो भिडियो बनाइएको हो ।
निःशुल्क रूपमा बालबालिकाको जन्मदिन मनाउँदै आइरहेको पिपल हाउस नामक संस्थाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा अनाथ बालबालिका तथा असहायको मुहारमा खुसी ल्याउने प्रयत्न गरिएको छ ।
प्रकाश शर्मा पौडेलको शब्द, सुवास भुसालको संगीत र पुरुषोत्तम सुवेदीको स्वरमा रहेको गीतको भिडियोलाई फिल्म निर्देशक पुरन थापाले निर्देशन गरेका छन् ।
सञ्चिता पौडेलले निर्माण गरेको भिडियोमा सञ्चिता स्वयं, मनीषा रायमाझी, छाया भुजेल, शिखा सुवेदीलगायतको अभिनय छ । विमल ढकालको छायांकन तथा ललितसिंह साउदको सम्पादन रहेको भिडियोले बालबालिका, वृद्ध तथा अशक्तलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको निर्देशक पुरनले बताएका छन् ।