जलेश्वरबाट बिचौलियाको आरोपमा पाँचजना पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट बिचौलियाको आरोपमा पाँचजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार छिटो काम गराइदिने भन्दै सेवाग्राहीलाई प्रलोभन देखाइ रकम बार्गेनिङ गरिरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका ९ का ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका २ का ३५ वर्षीय रोशन कुमार यादव, जलेश्वर नगरपालिका १ का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका ४ का ५४ वर्षीय सुरेश गोप र बलवा नगरपालिका १० का ३८ वर्षीय अमित कुमार मल्लिक छन् ।
सात दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close