मन्त्रालयको प्रगति कमजोर देखिए जनताप्रति धोका :मुख्यमन्त्री शाही

file photo

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वजेट कार्यान्वयनमा केन्द्रीत हुन विषयगत मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ । आईतवार कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले विषयगत मन्त्रालयका मन्त्री तथा सचिवलाई अवको ३ महिना कतै पनि नजान निर्देशन दिनुभएको हो ।

वजेट कार्यान्वयनका लागि अवको ३ महिना महत्वपुर्ण हुने वताउदै मुख्यमन्त्री शाहीले भन्नुभयो–‘अवको यो ३ महिना मन्त्री र सचिव कोही पनि विदामा नवस्नुस, संघीय सरकारका कार्यक्रम हुन की गैरसरकारी निकायका कार्यक्रमका हुन कतै नजानुस ।’ मुख्यमन्त्री शाहीले दोश्रो चौमासिकमा हरेक मन्त्रालयको प्रगति ४५ प्रतिशत अनिवार्य पुगेको हुनुपर्ने भन्दै आगामी ३ महिनाको कार्यसम्पादनको आधारमा मन्त्री र सचिवको कार्यक्षमताको मुल्याँकन हुने पनि वताउनुभयो । संसदले पास गरेको नीति, कार्यक्रम तथा वजेट कार्यान्वयमा हुने अलमल, ढिलासुस्ती तथा लापरवाही कुनै पनि अर्थमा क्षम्य नहुने वताउदै मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयका क्रममा देखिएका समस्या तुरुन्तै जानकारी दिन पनि निर्देशन गर्नुभयो ।

‘बजेट कार्यान्वयनमा कहाँ समस्या आउछ तुरुन्तै रिपोर्ट गर्नुस ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘नीतिगत, कानुनी, तथा व्यवहारिक समस्या जे आउछ तुरुन्त सामाधान गरेर अगाडि वढ्नुपर्छ ।’ काम गर्न सकिदैन भने ईमान्दारिका साथ सक्दिन भन्नुपर्ने वताउदै मुख्यमन्त्री शाहीले आर्थिक वर्षको अन्तमा मन्त्रालयको प्रगति कमजोर देखिए त्यो भन्दा ठुलो जनताप्रतिको धोका अरु केही पनि नहुने वताउनुभयो । प्रदेश सरकारले तय गरेको नयाँ संगठन संरचना वमोजिमका कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनका कारण प्रथम चौमासिकको प्रगति सन्तोषजनक नदेखिए पनि दोश्रो चौमासिकको प्रगति उत्साहजनक हुनुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिनुभयो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close