Murti

आवासको कार्यान्वययन सम्बन्धी अन्तरक्रिया

सुर्खेत,२६ माघ । आवासको कार्यान्वययनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

इन्सेक कर्णाली प्रदेशको आयोजनामा सोमबार वीरेन्द्रनगरमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको हो ।
भूमिहिन सुकुम्बासी आयोग नै राजनीतिक दलहरुको भागबण्डाबाट हुँदा आफुहरुलाई न्याय नभएको वीरेन्द्रनगर—५ की गिता गन्धर्वले गुनासो गरिन् ।

‘आयोग गठन हुन्छ, त्यसमा राजनीतिक दलका मान्छे जान्छन्,’ गिताले भनिन्, ‘पार्टीको प्रतिनिधित्व गर्ने मान्छेले नै अनि कसरी जनतालाई न्याय दिन्छन् ।’

प्हिला जग्गा दिएर फेरि सुकुम्बासीलाई विस्थापित गर्ने खालका योजनाहरु सरकारले ल्याउँदा वास्तविक भूमिहिनलाई समस्या परेको वीरेन्द्रनगरका कृषक जागाराम थारुले बताए ।

अबका दिनमा आयोगले व्यवस्थित तरिकाले र वास्तविक भूमिहिन र सुकम्बासीलाई लाभ हुने गरी काम गर्न आयोगले काम गर्नुपर्ने कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । वीरेन्द्रनगरमा आयोगको नीति अनुसार काम गर्ने नगरपालिकाको सामाजिक शाखाका अधिकृत टंक लामिछानेले प्रतिवद्धता व्यक्त गरे ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close