यस्तो छ, कर्णाली प्रदेश सरकारको तीन वर्षे यात्रा !

सुर्खेत,३ फागुन । कर्णाली प्रदेश सरकारले आफ्नो सोमबार आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ ।
प्रदेश सरकारले तीन वर्षमा थुप्रै कामहरु गरेको जनाएपनि मुसख्यगरी प्रदेशभरी आठ किलोमिटर सडक कालोपत्रे र आवास कार्यक्रममार्फत १३ सय ३५ घर बनाइएको प्रदेश सरकारका ‘प्रमुख उपलब्धिहरुको संक्षिप्त विवरण’ नामक पुस्तकमा उल्लेख गरेको छ ।

प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनी र सभामुख राजबहादुर शाहीले सोमबार सार्वजनिक गरेको तीन वर्षे प्रमुख उपलब्धिहरूको संक्षिप्त विवरण (२०७४ फागुन तीन गते देखि २०७७ फागुन दुई गतेसम्मको) मा उल्लेख भएअनुसार सरकारले तीन वर्षमा कर्णालीमा सात सय ८७ किमि नयाँ बाटो निर्माण गरेको छ । त्यसमध्ये कर्णालीमा सरकारले एक सय ६७ किलोमिटर सडक ग्राभेल गरेको उल्लेख छ ।
यस्तै, विवरणमा पाँचवटा सडक पुल निर्माण भएको, १२ वटा झोलुंगे पुल निर्माण गरिएको पस्तकमा उल्लेख गरिएको छ ।

‘४२ हजार ४५४ थप जनसंख्यामा खानेपानी सेवा उपलब्ध गराइएको, ४२ सय हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने काम भएको छ ।’ मुख्य उपलब्धी सुनाउँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘प्रदेश अस्पताललाई तीन सय शैयामा स्तरोन्नती र जिल्ला अस्पताललाई ५० शैया हुने गरी पूर्वाधार विकास तथा जनशक्ति व्यवथापन गरिएको छ ।’

यस्तै बैंक खाता छोरीको सुरक्षा जीवनभरिको भन्ने नाराका साथ छ हजार पाँच सयभन्दा बढी छोरीको बैंक खाता खोलिएको मुख्यमन्त्री शाहीले बताए । यस्तै छोरी बुहारी, दलित, जेहेन्दार, द्धन्द्धपीडित तथा शहिद परिवारका सन्ततिहरूलाई उच्च प्राविधिक शिक्षा तथा अन्य प्राविधिक शिक्षा अध्ययनकालागि छात्रवृत्ति प्रदान गरिएको उनको भनाइ छ ।
मुख्यमन्त्री शाहीले कर्णालीलाई समृद्धिको बाटोमा रुपान्तरण गर्न ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को नारासहित लागिपरेको बताए ।

‘प्रदेश सरकार अभावै–अभावका बिचमा गुर्जीएकोले अझैपनि थुप्रै अभावका चाङ् हामी कहाँ छ,’ उनले भने,‘तर पनि हामी निरन्तर प्रदेशको विकास र परिर्वतनमा लागिरहेका छौं ।’

‘कर्णालीका नागरिकहरु अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । विकास निर्माण, सिँचाइ, खानेपानी अभाव थुप्रै छन् ,’मुख्यमन्त्री शाहीले भने, ‘अभावहरुको परिपूर्ति कसरी गर्न सकिन्छ भन्ने पक्षमा हामी निरन्तर लागिरहेका छौं ।’

कर्णालीमा अझै पनि ५१ प्रतिशत गरिबी रहेको बताउँदै शाहीले धनी प्रदेश निर्माण गर्न चाहेको बताए ।
प्रदेश प्रमुख गाविन्द कलौनीले जनताको प्रत्यक्षरुपमा तत्काल आवश्यक पर्ने कुरामा बजेट केन्द्रित गर्न सके प्रभावकारी हुनेमा जोड दिए ।
यस्तै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जनताको विकासमा पहुँच पु¥याउन प्रदेश संरचना अत्यावश्यक भएको बताए ।
कर्णाली प्रदेश सरकारले तेस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको वार्षिकोत्सवमा संघीयताले नै विकास र आम नागरिकलाई सेवा दिने दाबी गरेका हुन ।

‘केहि विद्धानहरुले देशमा प्रदेश संरचना आवश्यक नभएको बताउँदै आएका छन्, तर त्यो तर्कको कुनै अर्थ छैन,’ उनले भने, ‘प्रदेश संरचना सञ्चालन गरिरहेका कार्यकारी निकायमा बसेकाहरुले जवाफदेहिता र पार्दशिता कायम गर्न सक्नुपर्छ । जवाफदेहिताका माध्यमबाट जनताको मन जित्न आवश्यक छ । विगतमा हामीबाट कुनै असहमत भएका हुनसक्छन । आगामी दिनमा त्यसलाई सुधार गरेर अघि बढन आवश्यक छ ।’ उनले व्यवस्था र सरकारलाई स्थापित गर्न सरकारका क्रियाकलाप सिर्जनात्मक बनाउनुपर्ने सुझाव समेत दिए ।

ओली पक्ष आएनन्, काँग्रेसका एक जना मात्रै


तेस्रो वार्षिकोत्सव समारोहलाई नेकपाको ओली पक्षले बहिष्कार गरेको छ भने नेपाली कांग्रेसबाट एक जना सांसद मात्रै सहभागी छन् । समारोहमा नेपाली कांग्रेसबाट सांसद अमृता शाही सहभागी भएकी हुन् ।

समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगै ६ जना मन्त्री, उपसभामुख पुष्पा घर्ती, प्रचण्ड–माधव पक्षको दलका प्रमुख सचेतक सीता नेपाली, सांसदहरु बिन्दमान बिष्ट, सुशीलकुमार थापा, पद्मा खड्का, वीरबहादुर शाही , गणेशबहादुर सिंहको सहभागिता रहेको थियो । प्रदेशसभामा नेकपाका ३३ सदस्य छ्न् । तीमध्ये २२ जना प्रचण्ड–माधव पक्षका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close