१३२ केभी विद्युत प्रशारण लाईन निर्माणमा ढिलाई

गाभर र बनियाभारमा स्थानीयको असहयोग

नेपाल विद्युत् प्राधिकरणले २०४६ सालदेखि नै सुर्खेतमा १३२ केभी विद्युत्‌लाई विस्तार गर्ने योजना बनाएको थियो । तर, लामो समयसम्म विद्युत् लाइन विस्तारको काम अघि बढ्न सकेको थिएन । झन्डै ३२ वर्षपछि यो आयोजनाको काम अघि बढेको पनि कर्णाली प्रदेशको विद्युत् सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले कोहलपुरदेखि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र हुँदै सुर्खेतसम्म निर्माण गर्न लागिएको १३२ केभी प्रसारण लाइनको निर्माण सुरु भए पनि एकपछि अर्को अवरोध देखिएको छ ।
निर्माण गर्न लागिएको कोहलपुर सब–स्टेसनबाट सुरु भई सुर्खेत, वीरेन्द्रनगरका सब–स्टेसनमा गएर टुङ्गिनेछ । प्रसारण लाइनको लम्बाइ करिब ५१ किलोमिटर र डबल सर्किटको हुनेछ । २५० मेगावाट विद्युत् ओहोरदोहोर गर्न सक्ने क्षमताको प्रसारण लाइन बनाउन लागिएको भए पनि अधिकांश क्षेत्रमा मुआब्जा विवाद समस्या छ ।
प्रसारण लाइनको रुट बाँकेको बनियाभार र गाभर क्षेत्र हुँदै बर्दिया राष्ट्रिय निकुञ्जको जंगलतर्फ लगिएको छ । स्थानीय बासिन्दाले आफ्नो गाउँबस्तीको बीचबाट प्रसारण लाइन निर्माण हुँदा गाउँबाटै विस्थापित हुनुपर्ने जोखिम बढ्ने जनाउँदै प्रसारण निर्माणमा अवरोध गर्दै आएका छन् ।
यता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना र बाँकेको बैजनाथ गाउँपालिकाको गाभर र बनियाभारमा जग्गा विवाद समाधानका लागि त्यस क्षेत्रका जनप्रतिनिधि र स्थानीय बासिन्दासँग समन्वय र छलफल भइरहेको भए पनि निकास निस्किएको छैन । यसै सन्दर्भमा १३२ केभी विद्युत प्रशारण लाइन निर्माण आयोजना प्रमुखसँग कुराकानी गरेका छौं ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।https://youtu.be/laAdULa_yX8

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close