समायोजन भएका विद्यालयले स्कुल बस किन्‍न अनुदान पाउने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समायोजन गरि कायम भएका ठूला विद्यालयलाई स्कुल बस व्यवस्थापनको लागि अनुदान दिने भएको छ।

विकास केन्द्रले शुक्रबार सूचना जारी गर्दै  बस खरिद गर्न अनुदानका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हाे।

केन्द्रले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिससहित केन्द्रमा आइपुग्ने गरि प्रस्ताव पेस गर्नु भनेको छ।

यसका लागि सामुदायिक विद्यालयको रुपमा अनुमति वा प्राप्त स्वीकृति प्राप्त गरी नियमित रुपमा कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय हुनुपर्ने छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close