वीरेन्द्रनगर र लेकबेसीका सवै स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री

२०७४ सालको निर्वाचनमा पराजित उम्मेवार एवं काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको व्यक्तिगत सहयोग तथा पहलमा उपलव्ध भएका स्वास्थ्य सामग्रीहरु शनिवार वीरेन्द्रनगर र लेकबेसी नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई वितरण गरिएको छ ।
शनिवार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल तथा वीरेन्द्रनगरका रहेका सात वटा स्वास्थ्य संस्थाका प्रमुखहरुलाई महामन्त्री खड्काका भाइ तथा काँग्रेस युवा नेता विष्णुबहादुर खड्का र बुहारी डा. सन्जु खड्काले वितरण गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कोभिड नियन्त्रणमा यी सामग्रीहरुले सहज हुने बताए । उनले कोभिडको तेस्रो भेरियन्टको त्रास कायम भएका बेला प्राप्त स्वास्थ्य सामग्रीहरु त्यसमा उपयोग गरिने जानकारी दिए ।
युवा नेता बिष्णुबहादुर खड्काले शनिवार वीरेन्द्रनगरका सवै स्वास्थ्य संस्था र लेकबेसी नगरपालिकाका साथै दशरथपुर स्वास्थ्य चौकीलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताए । वितरण गरिएका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, सेनिटाइजर, मास्क लगायत छन् । सो अवसरमा काँग्रेस सुर्खेत प्रदेश क सभापति कर्णबहादुर बुढाले सहयोग उपलव्ध गराएकोमा धन्यवाद व्यक्त गरे ।
आइतवार सिम्ता, गुर्भाकोट नगरपालिका, मेहेलकुना अस्पताल, मैनतडा आयुर्वेद अस्पताल र भेरीगंगा नगरपालिकामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम रहेको नेविसंघ नेता गौतम विसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close