झापाको नमस्ते प्लाइ उद्योगमा आगलागी, ३० लाख रुपैयाँ बराबरको नोक्सानी

झापाको बिर्तामोडमा रहेको नमस्ते प्लाइ उद्योगमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

बिर्तामोड नगरपालिका-२ मा रहेको उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हो । बिहान भएको आगलागीबाट ३० लाख रुपैयाँ बराबरको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

बिहान सवा ७ बजे लागेको आगो साढे १० बजे नियन्त्रणमा आएको छ । बिर्तामोड, भद्रपुर र दमकको दमकल, जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close