एकैदिन ८ सय ४८ नेपाली फर्किए, कुन देशबाट कति?

काेभिड-१९ का कारण उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र नेपाली फर्कने क्रम जारी छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार विभिन्न मुलुकबाट चार्टर्ड विमानमार्फत साेमबार  ८ सय ४९ नेपाली स्वदेश फर्किएका छन्। जसमा कतारबाट ३ सय, मलेसियाबाट १ सय ५६ र दुबईबाट ३ सय ९३ जना रहेका छन्।

उनीहरूलाई प्रादेशिक रुपमा रहेका होल्डिङ सेन्टरमा लगिएको छ। व्यक्तिगत विवरणसँगै स्वास्थ्य परीक्षण गरेर प्रदेशहरूको समन्वयमा क्वारेन्टाइनमा पठाइने केन्द्रले जनाएको छ।

सोमबार मलेसियाबाट एउटा शव पनि ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close