व्यापारीमा कोरोना संक्रमण देखिएपछि न्यूरोड सिल

केही व्यापारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि काठमाडौंको न्यूरोडलाई सिल गरिएको छ  । व्यापारीमा कोरोनासंक्रमण देखिएपछि शुक्रबारबाट न्यूरोडको उत्तरी क्षेत्रका सम्पूर्ण पसल, कार्यालय बन्द गर्ने निर्णय गरेको काठमाडौं महानगरपालिका २२ नम्बर वडा कार्यालयले जनाएको छ ।

शुक्रबार २२ नम्बर वडा समिति, स्थानीय संघसंस्था, व्यापार संघको संयुक्त बैठकको निर्णयअनुसार वडाको बटु र चिकं अतःमा व्यापार गर्ने केही व्यापारीहरुमा कोरोना संक्रमण देखिएको हुँदा संक्रमितको पीसीआर रिपोर्टको परिणाम नआएसम्म शुक्रबारदेखि यस वडा अन्तर्गत न्यूरोडको उत्तरी क्षेत्रका सम्पूर्ण पसल र कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको हुँदा यस कार्यमा सम्बन्धित् व्यापारी तथा अन्य व्यक्ति संघसंस्थाहरुले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु’, वडा अध्यक्ष चिनीकाजी श्रेष्ठले सूचनामा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close