नेपालको वैदेशिक व्यापार : ३६ वटा देशबाट आयात मात्र, निर्यात भने शुन्य

अहिलेको विषम परिस्थितीमा नेपालको प्रमुख समस्या भनेको देशको अर्थव्यवस्था नै हो । भुपरिवेष्ठित मुलुकमा आयात गर्नुपर्ने बाध्यता त रहन्छ नै तर पनि राज्यलाई समृद्धितर्फ दोहोर्‍याउन व्यापार घाटा घटाएर निर्यात नै वृद्धि गर्नु पर्ने छ ।

भन्सार विभागले सार्वजनिक गरेको ४ महिने वैदेशिक व्यापारको तथयाङ्क अनुसार नेपालको १३२ देशहरुसँग वैदेशिक व्यापार रहेको छ । जसमध्ये ३६ वटा मुलुकसँग नेपालले आयात मात्र गर्ने गरेको छ भने ७ वटा देशमा निर्यात मात्र गर्ने गरेको छ ।

आन्गुइला, बहमास, चाड, कङ्गो, मोरोक्को, न्यू क्यालेडोनीया र युरुग्वोसँग नेपालले निर्यातमात्र गरेको छ भने ३६ वटा मुलुकसँग आयात मात्र गर्ने गरेको छ । बाँकि १११ मुलुकसँग भने नेपालको द्धपक्षीय व्यापार रहेको छ ।

यस्तै, ४ महिनाको अवधिमा नेपालको कुल व्यापारघाटा ३ खर्ब ६२ अर्ब २९ करोड १ लाख १३ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालको व्यापार घाटा ४ खर्ब १४ अर्ब १ करोड ९८ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close