काठमाडौंका पाँच अस्पतालको आइसोलेसनमा २९२ कोरोना संक्रमित

सरकारले उपत्यकामा तोकेको कोभिड अस्पतालमा २९२ संक्रमित उपचाररत छन् ।

ललितपुरको पाटन अस्पताल, काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पताल र काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका आइसोलेसनमा  कोरोना संक्रमितको उपचार भइरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४७ संक्रमितको उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले उपचाररत ४७ मध्ये १४ जना आईसीयूमा रहेको जानकारी दिए । उनका अनुसार आईसीयूमा उपचाररत मधुमेह, उच्च रक्तचापलगायत बिरामीहरु छन् । अस्पतालको शय्या संख्या ५० रहेको उनले जानकारी दिए ।

त्यसैगरी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ११७ संक्रमित उपचाररत रहेको प्रवक्ता डा. प्रवीण नेपाल जानकारी दिए । उनका अनुसार २ संक्रमित आईसीयू र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनले भने, “हाल १२० शय्याको आइसोलेसन छ, २० वटा आईसीयू छन् ।” उनका अनुसार कोरोना संक्रमण देखिएकामध्ये करिब आधाजसोलाई लक्षण देखिएको छ ।

पाटन अस्पतालको आइसोलेसनमा ६० स‌ंक्रमितको उपचार भइरहेको छ । तीमध्ये सातजना आईसीयूमा उपचाररत छन् । अस्पतालका अनुसार कोरोनाका शंकास्पद ८६ जना उपचाररत छन् ।

त्यसैगरी काठमाडौं मेडिकल कलेज (केएमसी) को दुवाकोटस्थित कोभिड अस्पतालमा ६१ संक्रमितको आइसोलेसनमा उपचार भइरहेको प्राडा चन्दा कार्कीले जानकारी दिइन् । सिनामंगलको केएमसीमा भने शंकास्द बिरामी राख्न ५६ वटा प्रि-आइसोलेसन शय्याको व्यवस्था गरिएको पनि उनले जानकारी दिइन् ।

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित सातजना उपचाररत छन् । अस्पतालका कोभिड व्यवस्थापन समिति सदस्य विपिन उपाध्यायका अनुसार तीमध्ये एकजना आईसीयू (एचडीयू) मा उपचाररत छन् । कोरोनाको आशंका गरिएका थप १४ जना पनि उपचाररत रहेका अस्पतालले जनाएको छ ।

अस्पतालले २६ शय्याको आइसोलेसन छुट्याएको छ । जसमध्ये आइसोलेसनका १३ शय्यामा संक्रमित र अर्को १३ शय्यामा संक्रमणको आशंका गरिएका बिरामी राखेर उपचार गरिने अस्पतालले जनाएको छ । साथै कोभिड बिरामीका लागि आपतकालीन (इमरजेन्सी) वार्डमा १६ वटा शय्या छुट्याएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close