
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ । आइतबार किराँत सिरिजंगा लिपीका पुर्नउत्थानकर्ता सिरिजंघा सिन थेवेको जन्म जयन्ति परेकाले गाउँपालिकाले सार्वजनिक विदा दिएको हो ।
थेवे इसापूर्व १७०४ मंसिर २९ गते तत्कालिन तेल्लोक गाविसमा जन्मिएको मानिन्छ । सो स्थान हाल सिरिजंगा गाउँपालिका ४ मा पर्छ । मंसिर २ गते बसेको कार्यपालिकाको बैठकले हरेक वर्ष मंसिर २९ गते सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले जानकारी दिए ।
भाषा र लिपीको प्रचार गरेको भन्दै तत्कालिन शासकले थेवेको हत्या गरेको थियो । ऐतिहाँसिक व्यक्तित्वको जन्मजयन्तिमा स्थानीय तहले विदा दिनु सकरात्मक भएको किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका सचिव ज्ञानु लिम्बुले बताए ।