आइतबार सम्म हिमपात र वर्षाको सम्भावना

काठमाडौं । मौसम बदली भएसँगै देशभरको तापक्रम ह्वातै घटेको छ । अधिकांश स्थानको मौसम बदली हुनुका साथै हिमाली क्षेत्रमा हिमपात र अन्य केही स्थानमा वर्षा भइरहेको जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार बिहानदेखि तराई र पहाडका केही जिल्लामा पानी परिरहेको छ भने देशका उच्चपहाडी भूभागमा हिमपात भएको हाम्रा समाचारदाताले बताएका छन् । अफगानिस्तान र इरानमा बन्ने न्यूनचापीय वायु सुदूरपश्चिमबाट प्रवेश गरेपछि नेपालमा हिउँदे झरी र हिउँ पर्ने गर्छ भने बर्खेझरी भने बंगालको खाडीमा बन्ने मनसुनी वायु फैलिएपछि पूर्वी क्षेत्रबाट शुरु हुनेगर्छ ।

शुक्रबार विहानैदेखी उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ परिरहेको छ । देशको पश्चिमी भेगमा नै पश्चिमबाट भित्रिएको मौसम प्रणालीको बढी असर देखिएको छ । मौसम बदलीकै कारण शुक्रबार पश्चिम क्षेत्रमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ । आइतबार सम्मनै मौसममा बदली मौसम पूर्वानुमान महाशाखाले जनाए देशभरको मौसममा बदली हुनुका साथै वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘देशको पश्चिमी भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वका पहाडी भागमा हल्का वर्षा हुने संभावना छ । हिमाली भागमा हल्कादेखि मध्यम हिमपात हुने संभावना छ ।’

शुक्रबार धनगढीमा धेरै वर्षा भएको महाशाखाले जनाएको छ । गएको २४ घन्टामा धनगढीमा सबै भन्दा धेरै ४५ मिलिमिटर पानी परेको छ भने नेपालगञ्जमा १४ मिलिमिटर पानी परेको छ । काठमाडौं उपत्यकामा भने हल्का वर्षा भएको महाशाखाले जनाएको छ । शुक्रबार साँझ उपत्यकाको तापक्रम ८ डिग्रि सेल्सियस रहेको छ भने जुम्लामा सबै भन्दा कम तापक्रम शून्य डिग्री सेल्सियस रहेको छ ।

पश्चिमी उच्च पहाडीसहित हिमाली भागमा ठूलै हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भागमा हल्कादेखि मध्यम हिमपात हुने संभावना रहेकाले विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भागका स्थानहरूमा सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close