दलित सुमदायको जिविकोपार्जन सुधारका लागि अन्तरक्रिया

सुर्खेत,१४ वैशाख । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० ले दलित समुदायको जिविकोपार्जन सुधार लागि संवैधानिक तथा कानुनी व्यवस्था र यसको कार्यान्वयनमा स्थानीय तहका सरोकारवालाहरुको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रियामा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमायाँ ढकालले दलित महिलाहरुको आर्थिक स्तर उकास्नका लागि नगरपालिकाले विशेष योजना बनाउने बताइन् । आर्थिक सशक्तिकरणविना परिवर्तन संभवन नभएको भन्दै नगरपालिको दलितहरुको आर्थिक सशक्तिकरणलाई मुख्य रुपमा ध्यान दिएको उनले जानकारी दिइन् ।
यस्तै वडाध्यक्ष रत्न बहादुर बुढाले दलित र त्यसमा पनि दलित महिलाहरुलाई आत्म निर्भर बनाउने खालका योजना वडाले अगाडी सारेको बताए ।

उनले दलितहरुका परम्परागत सीपलाई आधुनिकीकरणगरी व्यवसाय गर्नका लागि वडाले सहयोग गर्ने बताए ।
यस्तै वीरेन्द्रनगर नगरपालिका १० की वडा सदस्य तथा नगर कार्यपालिका सदस्य लक्ष्मी विकले दलितलाई समाजमा ठुला जातका भन्नेहरुले परम्परागत सोच राख्दा समस्या हुने गरेको बताइन् ।
उनले दलितका लागि विभिन्न कानुन र संविधान बनेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या भएको बताइन् ।
उक्त कार्यक्रमको सहजिकरण अधिवक्ता इमान सुनाले गरेका थिए । अन्तरक्रियामा वडाका जनप्रतिनिधि, दलित अगुवाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close