सुर्खेतमा पल्सर २२० एफआई एबीएस बीएस–६ मोटरसाइकल सार्वजनिक

असिम अटो पार्टस जुम्लारोड, सुर्खेतले Pulsar 220 FI ABS BS6 मोडलको मोटरसाइकल एक कार्यक्रमका बीच औपचारिक रूपमा लन्चिङ गरेको छ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा असिम अटो पार्टसका सञ्चालक लक्ष्मण कडेल सँगै अध्यक्ष खड्काले संयुक्त रूपमा मोटरसाइकलको लन्चिङ गर्नुभएको हो।

कार्यक्रममा असिम अटो पार्टसका सञ्चालक लक्ष्मण कडेलले Pulsar 220 FI ABS BS6 मोटरसाइकलका विशेषताबारे जानकारी गराउँदै आधुनिक प्रविधि, शक्तिशाली इञ्जिन, सुरक्षा प्रणाली र आकर्षक डिजाइनले यो मोटरसाइकल ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गर्नुभयो। साथै मोटरसाइकल खरिदमा विशेष स्किम तथा छुटको व्यवस्था गरिएको जानकारी पनि दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष हर्षविक्रम खड्काले मोटरसाइकलको टेस्ट ड्राइभ गर्दै चलाउन निकै सहज, सन्तुलित र आरामदायी रहेको प्रतिक्रिया दिनुभयो। उहाँले बजारमा गुणस्तरीय र सुरक्षित सवारी साधन भित्रिनु उपभोक्ताका लागि सकारात्मक भएको उल्लेख गर्नुभयो।

लन्चिङ कार्यक्रममा उद्योगी, व्यवसायी, मोटरसाइकल प्रेमी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close