टी–२० विश्वकप ग्लोबल छनोट नेपाल, आयरल्याण्ड, यूएई र ओमान एउटै समूहमा

अर्को वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा नेपालले समूह चरणमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
१६ टिमले प्रतिस्पर्धा गर्ने ग्लोबल छनोटमा दुई समूह छन् । त्यसमध्ये नेपाल समूह ए मा रहेको छ । हरेक समूहका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् ।
नेपाल रहेको समूह ए को ग्लोबल छनोट २०२२ फेब्रुअरीमा ओमानमा आयोजना हुनेछ । यस समूहमा ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
जसअनुसार समहू ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, यूएई, क्यानडा, फिलिपिन्स, जमर्नी र बहराइन छन् । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपाल भने त्यसयता छनोट हुन सकेको छैन ।
ग्लोबल छनोटको समूह बी मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । यस समूहको छनोट २०२२ मा जिम्बाब्वेमा हुनेछ ।
ग्लोबल छनोटपछि दुवै समूहको शीर्ष स्थानमा रहने २–२ टोली गरी ४ टोलीले टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
आयोजक अष्ट्रेलियासहित शीर्ष ८ वरीयतामा रहेका इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्यु जिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेश भने सिधै टी–२० विश्वकपको सुपर १२ मा स्थान पक्का गरेका छन् ।
त्यसपछिका वरीयतामा रहेका वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्यान्डले टी–२० विश्वकपको पहिलो चरणमा स्थान बनाएका छन् । यी चारसँगै ग्लोबल छनोटबाट आएका चार गरी आठ टिमले विश्वकपको पहिलो चरणमा खेल्नेछन् । टी–२० विश्वकप २०२२ अक्टोबर–नोभेम्बरमा आयोजना हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close