ग्रीकमा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

ग्रीकमा गत मङ्गलबार राति भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् ।
उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए । उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो । ती घाइते भएकाहरुमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको सङ्ख्या ५७ पुगेको अधिकारीहरले बिहीबार जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close