सामसङको ‘दिनदिनै दशैं’, नामक आकर्षक अफर सार्वजनिक

सामसङ नेपालले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दिनदिनै दशैं’ नामक आकर्षक अफर सार्वजनिक गरेको छ।सेप्टेम्बर १ देखि २८, २०२५ सम्म सञ्चालन हुने यस अफरअन्तर्गत सामसङका स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले हरेक दिन लाखौंको किनमेल भौचर जित्ने अवसर पाउनेछन्।अफर अवधिभर हरेक दिन एक जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ बराबरको भाटभटेनी शपिङ भौचर प्राप्त गर्नेछन्। साथै, अन्य १० जनाले १०-१० हजार रुपैयाँको भौचर जित्नेछन्।

यस योजनामा सहभागी हुन ग्राहकले खरिद गरेको नयाँ सामसङ डिभाइसको सिरियल नम्बरलाई Samsung <space> Serial  No. टाइप गरी ३५००१ मा एसएमएस पठाउनुपर्नेछ। मोबाइलको सिरियल नम्बर *#06# डायल गरेर थाहा पाउन सकिन्छ।सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले यो अफर ग्राहकहरूलाई चाडपर्वमा थप खुशी प्रदान गर्ने उद्देश्यले ल्याइएको बताए।

‘हामी हरेक चाडपर्वमा हाम्रा ग्राहकलाई विशेष अनुभव दिन प्रतिबद्ध छौँ र ‘दिनदिनै दशैं’ अफर यही प्रतिबद्धताको निरन्तरता हो’, उनले भने।विजेताहरूको सिरियल नम्बर सामसङको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ। यो अफर नेपालभरका सबै आधिकारिक सामसङ विक्रेता तथा ई-कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close