एमाले सुर्खेतकाे जिल्ला अधिवेशन शुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज सुर्खेतसहित ७७ वटै जिल्लामा पार्टीको अधिवेशन गर्न लागेको छ । एमाले सुर्खेतले वीरेन्द्रनगरस्थित नवनिर्मित सभाहलमा अधिवेशन गरेको छ ।
दुई दिनसम्म चल्ने अधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको जिल्ला नेतृत्व चयन हुनेछ । अधिवेशनका लागि वडा तहबाट झन्डै ६ सय प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधिले पाँच जना पदाधिकारी सहित एक सय पाँच जनाको जिल्ला कार्यसमिति चयन गर्ने छ ।
एमाले सुर्खेतका नेताहरूका अनुसार नेतृत्वका लागि सकभर सर्वसम्मतको प्रयास भइरहेको छ । जिल्ला अध्यक्ष तथा पदाधिकारीका लागि सहमतिमा नेतृत्व छान्न करसत थालिएको उनीहरूले बताएका हुन् । यद्यपि उम्मेदवारी दिने वा नदिनेबारे नेताहरूले सार्वजनिक रूपमा अभिव्यक्ति भने दिइसकेका छैनन् । नेता निकटका व्यक्तिहरूले उनीहरूको अध्यक्षमा दाबी रहने बताउँदै आएका छन् ।
उम्मेदारका दावेदारहरुले पार्टि अध्यक्ष पदमा आफनो इच्चा राख्न स्वावभिक रहेको र अध्यक्षका लागि महंत्वकाक्षी धेरै भए पनि सकेसम्म सर्वसम्मत नै गर्ने तयारीमा जुटेको एमाले निर्वमान अध्यक्ष धुव्रकुमार शाहीले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close