मेयर शाह बेलायत प्रस्थान

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलायत प्रस्थान गर्नुभएको छ ।
गए राति उहाँ त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन मेयर शाह बेलायत प्रस्थान गरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह पनि बेलायत गएका छन्।
उहाँले उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिनुभएको छ ।
मेयर बालेन चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close