राउटे वस्ती सील, जवरजस्ती करणीमा तीन जना विरुद्ध जाहेरी

सुर्खेत २४, जेठ । दुई राउटे युवती माथि जबर्जस्ती करणी गरेको आरोपमा तीन जना विरुद्ध सुर्खेत प्रहरीमा जाहेरी दर्ता भएको छ । मानव ओसारपसार, यौन दुव्र्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो ।
१९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनविरुद्ध जाहेरी परेको हो । उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
राउटे सुमदायमा भएको यो घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे वस्ती सिल गरेको छ । सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले राउटे बस्ती सिल गरेको हो ।
राउटे वस्तीमा मानिसहरुको आवागमन रोक्नका लागि प्रहरी परिचानल गरिएको छ । राउटे युवती माथि भएको यौन दुव्र्यवहारको घटना राउटे समुदायमा पुग्न नदिन वस्ती सिल गरिएको हो । राउटे समुदाय बाटै पिडित युवतीमा जोखिम बढ्ने त्रासका कारण कडा सुरक्षाका बीचमा वस्ती सिल गरिएको हो । युवतीहरु माथि भएको यौन दुव्र्यवहार सम्बन्धि घटना बारे अझै पनि राउटे समुदाय जानकार छेन । उक्त घटना बारे समुदायलाई जानकारी भएमा समुदाय भित्रैबाट जघन्य दण्ड दिने त्रासले प्रशासनले वस्ती सिल गरेको हो ।
पछिल्लो समय भाइरल हुने उद्देश्यले राउटे वस्तीमा गएर युट्युब, टिकटक फेसबुकलगायतका सामाजिक सञ्चालमा राउटेसँग तस्बिर र भिडियो लिनेहरुको भीडसमेत लाग्ने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close