सुर्खेत बसपार्कमा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

कर्णाली प्रदेश सुर्खेतमा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार दिउँसो अन्दाजी २ः ३० बजेतिर बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले महिलालाई ठक्कर दिएको हो ।
नाम थर र ठेगाना नखुलेकी अन्दाजी ६६ वर्षीय महिलाको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बसपार्क भित्रै घटनाको कारण भने खुलेको छैन् ।
‘घटना लगत्तै भीड जम्मा भइसकेकाले कसरी घटना भयो भन्ने अहिल्यै केही खुलेको छैन,’ प्रवक्ता शाहीले भने, ‘बसलाई नियन्त्रणमा लिएका छौं, चालक फरार रहेकाले खाजीसँगै घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close