ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

सुर्खेतको रुकुम पश्चिममा सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । ट्याक्टर दुर्घटनामा परेर भेरी नगरपालिका –१ जाजरकोटका ३४ वर्षीय हरिबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा घाइते विकको उपचारको क्रममा मंगलबार राति नै जिल्ला अस्पताल सल्लेमा ज्यान गएको हो ।
दुर्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षीय मनबहादुर विक घाइते छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close