Murti

परीक्षण घट्दा पनि कोरोना संक्रमितको संख्या वृद्धि

कोभिड(१९ को परीक्षण घट्दा पनि आज भने संक्रमितको संख्या बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४ हजार १४१ स्वाब परीक्षण गर्दा २२० जनामा संक्रमण पुष्टि भएको छ। आइतबार ९ हजार ८७२ स्वाब परीक्षण गर्दा १८१ जनामा कोरोना देखिएको थियो।
सोमबार संक्रमण पुष्टि भएकामध्ये २ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जनामा कोरोना देखिएको थियो। त्यस्तै, १ हजार ४१६ जनाको एन्टिजन परीक्षण गर्दा २ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ।

पछिल्लो २४ घण्टामा २६३ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या पनि आठ लाख ९ हजार १५५ पुगेको छ। अझै ५ हजार २२५ जना सक्रिय संक्रमित छन्।

कोभिड–१९ विरुद्ध खोप लगाउनको संख्यामा भने कमि आएको छ। आज देशभर ८६ हजार ५९३ जनालाई खोप लगाइएको छ।

योसँगै पहिलो डोज लगाउनेको संख्या १ करोड २० लाख ९३ हजार ९८२ पुगेको छ। त्यस्तै, ९६ लाख ४६ हजार ७२० जनाले पूर्ण खोप लगाइसकेका छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close