अब मालपोतमा दादागिरी चल्दैनं : प्रजिअ रेग्मी

सुर्खेत,९ माघ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मालपोत कार्यालयमा दादागिरी नचल्ने बताएका छन् । उनले मालपोतमा हुने कुनैपनि प्रकारका नकारात्मक कार्यमा संलग्न व्यक्तिलाई कार्बाहीको दायरामा ल्याउने बताए ।

बिहीबारदेखि मालपोत कार्यालय सुर्खेतका हरेक क्रियाकलापलाई जिल्ला प्रशासन कार्यालयले निगरानी गर्ने निर्णयसँगै उनले यस्तो बताएका हुन् । ‘मालपोत कार्यालयमा कुनैपनि प्रकारका नीति विपरितका कार्य गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याएरै छोड्नेछौं,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘कामकै विषयमा बाग्रेनीङ गरी लिने र दिने दुबै पक्ष, बिचौलीया, दलाल या लेखापढी व्यवसायी जो यस्ता काममा संलग्न हुन्छ तीनीहरुलाई कानुनको दायरामा ल्याएरै छोड्छौं ।’ मालपोतको सेवा प्रवाहका विषयमा चौतर्फी आलोचना भएपनि प्रभावकारी सेवा बनाउनका लागि हस्तक्षेप गरेर नै यस्तो निर्णमा पुगेको प्रजिअ रेग्मीले बताए ।

सेवालाई प्रभावकारी हुनका लागि कार्यालयबाट सेवाग्राहीले भोक्दै आएका समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेत आफैं यसको व्यवस्थापनमा जुटेको हो । प्रशासनले निश्चित टोकनको व्यवस्था गरेपछि सेवामा धेरै सहज भएको सेवाग्राही मान बहादुर आले बताए । अहिलेको नयाँ प्रणाली लागु गरिँदा पनि हप्तौंदेखिका कामहरु हुन नसकेको अर्की सेवाग्रही पार्वती थापले गुनासो गरिन् ।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close