
सुर्खेत २० चैत्र ।
प्रधानसेनापति प्रभुराम शर्माले संविधानले दिएको दायित्व पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउनु भएको छ ।
पश्चिम कमाण्ड हेडक्वाटर वीरेन्द्रनगर सुर्खेतमा भएको भूतपूर्व सैनिक सम्मेलनलाई आइतबार सम्बोधन गर्दै सेनापति शर्माले देश र जनताको सुरक्षाको जिम्मेवारी पूरा गर्न नेपाली सेना प्रतिवद्ध भएको बताउनु भयो । उहाँले देशको सुरक्षा, सार्वभौमिकता, अक्षुणताको रक्षा तथा जनताको सेवा र सुरक्षा संविधानले सेनालाई दिएको प्रमुख जिम्मेवारी रहेको बताउदै नेपाली सेनाको निःस्वार्थ त्याग, योगदान र बलिदानले नै इतिहासमा सेनाको नाम स्वर्णिम अक्षरमा लेखिएको बताउनु भयो ।
सम्मेलनमा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोकृष्ट व्यवसायीहरुलाई प्रसशा पत्र वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक, उहाँहरुका अशक्त परिवारहरुलाई व्हिल चियर वितरण गरिएको थियो ।
सम्मेलनमा पश्चिम कमाण्ड अन्तर्गतका युनिटहरुले जिल्ला बिशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पि।टी। प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । साथै भूतपूर्व सैनिकहरुबाट मार्चपास तथा पारिवारिक निवित्तिभरणमा रहनु भएका महिलाहरुले प्लेकार्ड सहितको लङ्गमार्च प्रदर्शन गर्नुभएको थियो ।