विश्वकै प्रदुषित शहरको सूचीमा ९६ औं स्थानमा काठमाडाैं

पछिल्लो समय काठमाडौंमा प्रदुषण ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावले मौसम चिसिएसँगै प्रदुषण पनि बढेको हो । काठमाडाैं विश्वकै प्रदूषित शहरको सूचीमा ९६औं स्थानमा रहेको छ ।

एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीमा राखेको हो । एयर भिजुअल सूचक आइक्यू एयरले सोमबार बेलुका काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको थियो । पहिलो स्थानमा रहेको काठमाडौंको एक्यूआइ ४८७ थियो ।

मंगलबार‌ सूचीको पहिलो स्थानमा कीर्गिस्तानको विश्केक शहर रहेको छ । हाल विश्केकको एक्यूआइ ४६९ छ । यस्तै दोस्रो स्थानमा वुहान छ । छैठौं स्थानमा मुम्बई र पाँचौं नम्बरमा ढाका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close