गायकप्रेमराजा महत र उनकी श्रीमतीमा कोरोना संक्रमण

बस्टन (अमेरिका) : गायक प्रेमराजा महत र उनकी श्रीमती कविता महत कोरोना (कोभिड-१९) संक्रमणमा परेका छन्। महत परिवार अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा व्यवसाय गर्दै र बस्दै आएको छ। आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जालमार्फत जनाएका छन्। महतले लेखेका छन्, ‘ध्यान राख्दा-राख्दै दुर्भाग्यवश हाम्रो श्रीमान/श्रीमती पनि यसबाट बँच्न (जोगिन) सकेनौ। हामी अहिले आफ्नै घरको एक एक कोठामा आइसोलेसनमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं।’

अमेरिकाका लागि नेपाली महावाणिज्यदूतसमेत रहेका तनहुँका गायक महत मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा सन् १९९०को दशकदेखि व्यवसाय गर्दै र बस्दै आएका छन्। उनले नेपाल हाउस नामक रेष्टुराँ चलाएका छन् भने सामाजिक रूपमा पनि निकै सक्रिय छन्।

गायक महतको फेसबुक स्टाटस :

Prem Raja Mahat

6 hours ago

समुदाय का सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरू मा हार्दिक अपिल ।यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोना ले हमि कसैलाई पनि अछुतो बनाऊने वाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमति पनि यसबाट बंच्न सकेनौ ।हामि अहिले आफ्नै घरको एक एक कोठा मा आईसोलेसन मा छोरा डा. सरगम महत को निरिक्षण र निगरानी मा बसेकाछौं।
यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्मनमानिकन यो रोग लाई गोप्य नराखी समुदायलाई सु-सुचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण बिश्वास का साथ हजुरहरू मा हार्दिक अनुरोध गर्दछु।ईमान्दारिता ले गर्दा देश,समुदाय , स्वास्थ्यकर्मि र बिश्वस्वास्थ्य संगठन प्रति नै सहयोग पुग्नजानेछ।जय पशुपतिनाथ।

181
653
15

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close