प्रदेश सभाको बैठक आज बस्दैछ

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ ।
प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री लिला गिरीबाट महालेखापरीक्षकका दुई वर्षका प्रतिवेदनहरु पेश गर्ने र कार्यव्यवस्था परामर्श समिति घोषणा गरिनेछ ।
यसअघि माघ ५ गतेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाउनुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close