नवौँ राष्ट्रिय खेलकुदको कर्णाली ट्रफि अनाबरण

कमल कुमार न्यौपाने
असोज ११, सुर्खेत । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि अनाबरण कर्णाली प्रदेशमा अनावरण गरिएको छ ।
कर्णालीबाट बिभिन्न बिधामा गरि ४२५ जना खेलाडीले नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने भएका छन् । खेलकुद क्षेत्रमा केही पछाडी रहेको कर्णाली प्रदेश आगामी प्रतियोगितामा राम्रो गर्न अठोटका साथमा खेल्ले कर्णाली खेलकुद बिकास समितीले जनाएको छ ।
प्रदेश सरकारले खेलाडीको हौसला प्रदान गर्नका लागि पदक बिजेता खेलाडीलाई नगद पुरुस्कारको समेत व्यवस्था गरेको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनु भयो । प्रदेश सरकारले खेलाडीहरुलाई कुनै पनि कमी कमजोरी नराखी खेलमा आफ्नो कौशलता देखाउन समेत आग्रह गरेको छ ।
आगामी दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै हुने भएकाले कर्णाली प्रदेशले नवौँ राष्ट्रिय खेलकुदमा नेपाली झण्डा ल्याउने छ । नवौँ राष्ट्रिय खेलकुदमा ३ बिभागिय टोली सहित ७ प्रदेशका खेलाडीहरुको बिचमा प्रतिस्पर्धा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close