युभेन्टस नवौं पटक सिरी ए च्याम्पियन

रोम । युभेन्ट्स लगातार नवौंपटक इटालियन सिरी ए लिग च्याम्पियन बनेको छ ।
नेपाली समयअनुसार आज बिहान भएको लिगको ३६औं चरणको खेलमा युभेन्ट्सले आफ्नो घरेलु मैदानमा पाहुना टोली साम्प्डोरियालाई २–० गोलअन्तरले हराउँदै लगातार नवौंपटक लिग च्याम्पियन बनेको हो । युभेन्ट्सले लिगका अन्तिम २ खेल बाँकी छँदै उपाधि जित्न सफल भयो ।
घरेलु मैदान एलियान्ज रंगशालामा युभेन्ट्सलाई उपाधि जित दिलाउन क्रिस्टियानो रोनाल्डोे र फेड्रिको बर्नान्डेचीले गोल गरे । रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा मिरेलाम पियानिचले चलाखीपूर्वक दिएको फ्रि किक पासमा आकर्षक गोल गरेका थिए ।
त्यसपछि खेलको ६७औं मिनेटमा बर्नान्डेचीले दोस्रो गोल थपे । रोनाल्डोको शक्तिशाली प्रहार गोलकिपरबाट रिबाउन्ड भएको बलमा बर्नान्डेचीले सहजै गोल गरेका थिए । खेलको ७७अौं मिनेटमा रेफ्रिले मोर्टेन थोर्स्बाइलाई रातो कार्ड देखाएपछि साम्प्डोरिया दस खेलाडीमा समेटियो । त्यसपछि खेलको अन्तिम समयमा युभेन्ट्सले पेनाल्टी पाएको थियो । तर, रोनाल्डोको पेनाल्टी प्रहार बारमा लागेर फर्किंदा ३२औं लिग गोल गर्नबाट उनी चुके ।
यस जितसँगै दुई खेल अगावै लिग च्याम्पियन बन्न सफल युभेन्ट्सले ३६ खेलबाट ८३ अंक बटुलेको छ । युभेन्ट्स २०१०(११ सिजन पछि सम्पन्न ९ सिजनमा लगातार विजेता बन्न सफल भएको छ । त्यस्तै तालिकामा पन्ध्रौं स्थानमा रहेको साम्प्डोरियाको समान ३६ खेलबाट ४१ अंक रहेको छ ।
त्यसअघि भएको खेलमा युरोपियन गोल्डेन बुटको दौडमा रहेका फरवार्ड सिरो इम्मोबाइलले दुई पेनाल्टीसहित ह्याट्रिक गोल गरेपछि सिरी ए लिग फुटबलमा लाजियोले सहज जित निकालेको थियो ।
अवे मैदानमा लाजियोले भेरोनालाई ५(१ गोलअन्तरले हराउनेक्रममा सिरोले महत्त्वपूर्ण २ गोल गरे ।
यस खेलमा गरेको ३ गोलसँगै सिरोले गोल्डेन बुट दौडमा शीर्ष स्थानमा रहेका जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीको सर्वाधिक ३४ गोलसँग बराबरी गरेका छन् । यता, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोभन्दा उनी अब ३ गोलले अघि बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close