प्रधानमन्त्री ओली नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने

प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला जाने भएका छन् ।

नेपाल र बंगलादेशबीच हुने त्रिदेशीय कप फुटबलअन्तर्गत फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जान लागेका हुन् ।

फाइनल खेल साढे ५ बजे हुदै छ । एन्फाका प्रवक्ता किरण राईले  प्रधानमन्त्री ओली फाइनल खेल हेर्न आउने र खेलपछि पुरस्कार समेत वितरण गर्ने कार्यक्रम भएको खरीबोटलाई जानकारी गराएका छन् ।

नेपालले  कीर्गिस्तानको यू-२३ र बंगलादेश गरि दुवै टिमसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो । त्यस्तै नेपालसँग बराबरी खेलेको बंगलादेशले कीर्गिस्तान यू-२३ लाई भने १-० गोलले पराजित गरेको थियो ।

यसअघिको नेपाल र बंगलादेशबीचको खेल हेर्न पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल रंगशाला पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close