बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त

बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उहाँ राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघ एनभीएका महासचिव रोशन श्रेष्ठले पुष्टि गर्नु भयो ।
‘बेल्जियमका जान डी ब्रान्ट ६ महिनाको लागि नेपालको प्रशिक्षक नियुक्त हुनुभएको छ । उहाँको कार्यकाल मार्चदेखि अगष्टसम्म हुनेछ।
६ महिनाका लागि नेपाल आउने उहाँले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिनुहुनेछ । जानले आगामी सेप्टाबरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नु हुनेछ ।
तर एसियन गेम्सको बेला भने जान फर्कनेछन् र नयाँ प्रशिक्षक आउने छन् । ‘जान फर्केपछि हान अबिङ एसियन गेम्सको लागि आउनेछन् । हानले यसअघि पनि नेपाल आएर दुवै पटक काम गरिसकेका छन् । हानले एसियन गेम्सका बेला ४५ दिन टिम हेर्नेछन्’, संघका महासिचव श्रेष्ठले भने ।
यसअघि पनि एआईभीबीको सहयोगमा नेदरल्याण्ड्सका प्रशिक्षकहरु म्याट भान विजल, लेस्ली जे जोङ र हान अविङले नेपालमा आएर प्रशिक्षक दिइसकेका छन् । नेपाली भलिबलको विकासका लागि एआईभीबीले विदेशी प्रशिक्षक पठाएर सहयोग गर्दै आइरहेको छ । जसले गर्दा नेपाली भलिबललाई सहयोग पुगेको श्रेष्ठले बताए ।
जान ब्रान्टले आफूले यसअघि नेपाल भ्रमणा गरिसकेको भन्दै प्रशिक्षक बनेर नेपाल आउन उत्साहित रहेको बताउनु भयो ।
जान ब्रान्ट बेल्जियमका पूर्व भलिबल खेलाडी समेत हुन् । उहाँले बेल्जियम र हंगेरीको महिला भलिबल टिममा समेत काम गरिसक्नु भएको छ । यस्तै उहाँले बेल्जियम र टर्कीका विभिन्न टिमको समेत प्रशिक्षकको रुपमा काम गरिसक्नु भएको छ । ६४ वर्षीय जानसँग साढे दुई दशक भन्दा बढी प्रशिक्षण अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close