लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमाकान्त पौडेल नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेललाई नियुक्त गर्नुभएको छ।
लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएलगत्तै रूपन्देहीको तिलोत्तमा निवासी कानून व्यवसायी पौडेललाई मुख्यमन्त्री पौडेलले मुख्य न्यायाधिवक्तामा नियुक्त गराउनु भएको हो । पौडेल शंकर पोखरेल नेतृत्वको सरकारको पालामा प्रदेश कानुन आयोगका सदस्य हुनुहुन्थ्यो ।
मुख्य न्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।
यसअघिका मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो।
रूपन्देहीमा रहेर लामो समयदेखि कानुन व्यवसायीमा सक्रिय पौडेल मानव अधिकार र सुशासनका क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close