नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरेको छ। बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिनुभयो।
आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ।
माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।v

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close