सुर्खेत नेपालगञ्ज यातायात बन्द (भिडियाे सहित)

सुर्खेतका यातायात व्यवासायीले सुर्खेत नेपालगञ्ज यातायात सेवा बन्द गरेका छन् । बाँकेका यातायात व्यवसायीको मनलाग्दो निर्णय लागु गरेको भन्दै यातायात सेवा बन्द गरेका हुन् ।
नेपालगन्जबाट सुर्खेत आएका सवारी दैनिक दिउँसो १२ बजेपछि नेपालगन्जका लागि छुट्ने गरेका थिए भने सुर्खेतबाट गएका सवारीहरू सोहीअनुसार नेपालगन्जबाट सुर्खेतका लागि छुटाउने गरिएको थियो । बाँकेका यातायात व्यवसायीले एक पक्षिय निर्णय गर्दै सुर्खेतबाट गएका सवारीहरू साँझ ६ बजे छुटाउन नमिल्ने नियम बनाएपछि सार्वजनिक यातायात सेवा बन्द गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले जानकारी दिनुभयो । उहाँले बाँकेका व्यवसायीको निर्णय नसच्चीय सम्म सुर्खेतबाट नेपालगञ्जका लागि यातायात सञ्चालन गर्न नसकिने बताउनु भयो ।
सुर्खेतबाट नेपालगञ्जका लागि १२ वटा यातायात प्रालिले गाडी सञ्चालन गरेका थिए । यातायात व्यवसायी बीचको तनावले सुर्खेतबाट नेपालगञ्ज जाने यात्रु अलपत्र भएका छन् ।

भिडियाे हेर्न यहाँ क्लिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close