अर्थतन्त्रलाई उकास्न व्यवसायीलाई सहुलियत ऋण दिनुपर्नेमा जोड

सुर्खेत, ३० माघ । सुर्खेतस्थित निजी क्षेत्रका प्रतिनिधिहरुले बैंकिङ तथा लघुवित्त क्षेत्रले उद्योगी, व्यवसायीहरुलाई सँधै विभेदकारी व्यवहार गरेको गुनासो गरेका छन् । अर्थतन्त्रमा कोभिड–१९ ले पारेको प्रभावका विषयमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले यस्तो बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहीले बैंकिङ क्षेत्रले कोभिड–१९ का कारण उद्योग व्यवसायीमाथि परेको असरलाई मध्यनजर गरी सहुलियत दिन आग्रह गरे । उनले अर्थतन्त्रको क्षेत्रमा उद्योग, व्यवसाय राष्ट्रको ‘दुहुनो गाई’ भएको बताए ।

‘सरकार र राष्ट्रका लागि अर्थतन्त्रका क्षेत्रमा उद्योग, व्यवसायी एउटा दुहुनो गाई हो, त्यही गाई अहिले बिरामी छ,’ अध्यक्ष शाहीले भने, ‘बिरामी गाईलाई पहिलो निको पारौं, त्यसपछि दुध पाईन्छ र सबैको थालीमा पुग्छ ।’ यसका लागि सरकार र बैंकिङ क्षेत्रले सहयोग गर्नुपर्ने उनले बताए ।

उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले कोभिडले पारेको असरलाई मध्यनजर गर्दै बैंकहरुले एक बर्षसम्मका लागि व्यवसायीहरुलाई उपयुक्त प्याकेज दिनुपर्ने बताए । ‘महिनौं हाम्रा व्यवसाय बन्द हुँदा व्यवसायीहरुले घाटा व्यहोर्नुपरेको छ,’ उनले भने, ‘यसैमा बैंकिङ क्षेत्रबाट सहुलियत हुनेगरी राहत पाउन सक्यो भने व्यवसायीलाई पुरानो ठाउँमा पुग्न सहज हुन्छ ।’

महासचिव कँडेलले धितोलाई आधार बनाएर ऋण प्रवाह गर्ने प्रवृत्तिले समस्या भएको बताए । व्यवसाय सुरु गर्न र बढाउन सबै व्यवसायीसँग पुग्ने धितो नहुने भन्दै उनले व्यवसायीको योजनालाई पनि आधार बनाएर राहत दिन आग्रह उनले गरे ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर तथा बैंकिङ गतिविधीका विषयमा छलफल गर्न आयोजित कार्यक्रममाकिङ क्षेत्रका प्रतिनिधि, शैक्षिक क्षेत्रका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close