ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–८, भगतपुरवामा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक रुपन्देहीकै गैडहवा गाउँपालिका–६ का अन्दाजी २४ वर्षीय राजेन्द्र पाशीको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
गए राति करिब साढे ९ बजे लु८६प ४०५ नम्बरको मोटरसाइकल लु४त ४४६५ नम्बरको ट्याक्टरको पछाडि ठोक्किएको थियो । पाशीको राति सवा १० बजे मृत्यु भएको हो ।
ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close