दिउँसाे प्रदेश १ र राति बागमतीसँगै गण्डकीमा भारी वर्षा हुने

काठमाडौं, १७ भदौ  ।  बिहीबार आज माैसम प्रतिकूल रहने छ । नेपालमा मनसुनी वायुका कारण बिहान प्रदेश १ का धेरै र प्रदेश २, बागमतीका केही स्थानमा  वर्षा  भइरहेको छ।

दिउँसो मुलकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले उल्लेख गरेकाे छ ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार दिउँसाे प्रदेश १ र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close