मगंलगडी बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ बार्षिक साधारणसभा सम्पन्न

मगंलगडी बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ बार्षिक साधारणसभा शनीबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

साधारणसभामा कोषाध्यक्ष खेगेन्द्रराज के सीले आर्थिक बर्ष    २०७७/०७८ को १ करोड ९३ लाख ६३ हजार ९ सय ५३ बराबरको आय व्यय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष अमृत कुमार विसीले आफ्ना बालबालिकालाई शिक्षा दिने आफ्नो समस्या परेको बेला सहकारी मा बचत गरेका रकमले समस्यालाई समाधान गर्ने सकिने बताउनु भयो । उहाँले भारतबाट आएका विभिन्न बस्तुहरूमा रासायनिक तथा बिषाधि बस्तुहरू प्रयोग गरिएको हुने हुदा हाम्रो स्वास्थलाई हानि पुर्याथउने भएकाले सहकारीका सदस्यलेकर्जा लिई आफै ब्यबसाय गर्नुपर्ने बताउनु भयो।

संस्थाका अध्यक्ष प्रेम बहादुर रावलले संस्थाको आर्थिक कारोवार र भावी लक्ष्यबारे जानकारी गराँउदै शेयर सदस्यहरुलाई सहकारी शिक्षा, सूचना र तालिमको माध्यमबाट वित्तिय परामर्श सेवा प्रदान गरि जागरण ल्याउन चेतनाको वृद्धिको लागि प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले कोभिडका कारणले सेयर बुद्धि, कर्जा लगानी लगायतका कार्य गर्दै गर्दा प्रभावित पारेको हुदा संस्थाले आगामी दिनमा डिजिटल प्रबिधिसंग जोड्दै सहकारीले आफ्नै भबनबाट सेवा सुविधा दिने बताउनु भयो ।

संस्थाले विप्रेशन सेवा अन्तर्गत आइएमइ मनी ट्रान्सफर सेवाह सञ्चालन गर्दै आएको तथा सामाजिक क्रियाकलाप तथा सामाजिक उत्तरदायित्व काम गर्दै आएको बताइएको छ । संस्थाले शेयर सदस्यका उत्कृष्ट बालबालिका तथा कौसी खेती गर्ने सदस्यहरुलाई पुरस्कुत गरेको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close