प्रा.डा. पौडेल म प विश्वविद्यालयको रजिष्ट्रार नियुक्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डाक्टर नारायण प्रसाद पौडेल नियुक्त भएका छन । लामो समयसम्म रिक्त रहेको विश्वविद्यालयको रजिष्टारमा उपकुुलपति डा नन्दबहादुर सिंहको सिफारिसमा प्रधानमन्त्री एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पौडेललाई रजिष्ट्रार नियुक्त गरेका हुन ।

काठमान्डौ विश्वविद्यालयमा एक दशक र साविकको वहुमुखी क्याम्पस सुर्खेतमा ६ बर्ष प्राध्यापन गरेका पौडेलले विभिन्न अन्तराष्ट्रिय सम्मेलनमा कार्यपत्र तथा अनुसन्धानपत्र प्रस्तुत गरेका छन् । डा. पौडेल मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन सङ्कायद्धारा सञ्चालित एम.फिल. कार्यक्रमको कार्यक्रम निर्देशकका रूपमा समेत कार्यरत थिए । उनले २०६४ सालमा त्रिभुवन विश्वविद्यालयबाट वित्तशास्त्रमा विद्यावारिधी गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close