वी न पा १६ लेहँडाका विद्यार्थी खुल्ला चौरमा पढ्न वाध्य

जेठ १२, सुर्खेत ।
वीरेन्द्रनगर १६ लेहँडा सुर्खेतका विद्यार्थीहरु खुल्ला चौरमा पढ्न वाध्य भएका छन् । भिषण हावाहुरीले विद्यालयको छाना उडाएपछि विद्यार्थीहरु बर्षादको शुरुवातमा धुलाम्य, हिलाम्य खुल्ला चौरमा पढ्न वाध्य भएका हुन् ।
जेठ ६ गतेको भिषण हावाहुरले वीरेन्द्रनगर १६ लेहँडा सुर्खेतमा रहेको सरस्वती प्रा वि को ४ कोठे भवनको पुरै छाना उडाएको छ । विद्यालयको छाना उडाएपछि विद्यार्थिहरु खुल्ला चौरमा बसेर पढ्न वाध्य छन् । बर्षादको शुरुवातसँगै खुल्ला चौरमा बसेर पढ्दा विद्यार्थिहरुलाइ अध्ययनमा निकै समस्या भएको छ । 
गुराँस खबर डटकमको स्थलगत रिपोटिङ्गका शिलशिलामा कक्षा ५ मा पढ्दै गरेका सुदिप आचार्यले खुल्ला चौरमा पढ्दा निकै समस्या भएको बताए । उनले भने ‘घाम लाग्दासम्म खुल्ला ठाउँमा पढ्छौ, पानी आएपछि घर तिर दौड्नु पर्छ’ । कक्षा ५ सम्म संचालित विद्यालयमा हाल उनी सहितच ४४ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
नयाँ शैक्षिकसत्र आरम्भसँगै विद्यालयको छाना हावाले उडाएपछि बालबालिकाहरु खुल्ला आकाश मुनि चिसो भुइँमा बसेर पढ्न बाध्य भएका छन् । अहिले पानि पर्न थालेपछि विद्यालयको एउटै कक्षामा सवै विद्यार्थि बसेर पढ्ने गर्दछन् । अभिभावकहरु मार्फत विद्यालय मर्मतको प्रयास थालिएपनि संभव भएको छैन ।
बर्षाद शूरु भएकाले तत्काल विद्यालयको मर्मत गर्न नसके भवन पूर्ण रुपमा प्रयोगहिन हुने अवस्था छ । स्थानीय सरकारमा जनप्रतिनीधि भर्खर निर्वाचित भएकोले यथाशिघ्र चासो दिनु पर्ने विद्यालयका प्रद्यानध्यापम खड्कबहादुर खड्काले आग्रह गर्नुभयो । उहाँले सिमित कोठामा सवै कक्षाका विद्यार्थीलाइ पढाउन निकै समस्या भएकाले खुल्ला चौरमा पढाएको बताउनु भयो । प्रदेशको राजधानीको दुर्गम वडा भएकाले पनि सरकारले समस्या समाधानमा त्यति चासो नदिएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close