कर्णालीमा मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव

सुर्खेत, २५ असोज ।
कर्णाली प्रदेश सरकारलाई सत्तापक्षकै सांसदहरुले आज अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही विरुद्ध सत्तापक्षकै १८ जना सांसदले अविश्वास प्रस्ताव बुझाएका हुन ।
४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । नेकपाका बहुमत सांसदले गरेको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका छन् ।
अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाह, धर्मराज रेग्मी लगायत रहेका छन ।
प्रदेश सरकारको कार्यशैली प्रति असन्तुष्टि राख्दै आएका सत्ता पक्षकै सांसदहरुले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय उठाउदै आएका थिए । मुख्यमन्त्री शाहीको कार्यशैलीलाई लिएर नेकपा भित्र पटकपटक विवाद हुदै आएको थियो । तत्कालिन नेकपा एमालेको वहुमत रहेको कर्णालीमा पार्टी एकीकरणले मुख्यमन्त्री तत्कालिन माओवादीको भागमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close