गायन क्षेत्रमा अलग पहिचान कायम गरेका सुजनले गरे ‘साझा घर नेपाल’लाइ सहयोग

सुर्खेत । पपगायक सुजन ढकालले गत बर्षहरुमा जस्तै यसपाली पनि जन्मदिन मनाउन गरिने फजुल खर्चलाई कटाएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ‘साझा घर नेपाल’लाई आर्थिक सहयोग गर्नु भएकाे हाे ।
‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो’ भन्ने आस्थाका कारण आफूले सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ ‘साझा घर नेपाल’लाई सहयोग गरेको गायक सुजनले जानकारी दिनु भयाे ।

एक छाक बाट एक मुट्ठी दान, साझा घर नेपाल को अभियानूभन्ने मुल उदेश्यका साथ संचालित असहाय अभिभावक बिहिन बालबालिकाहरुको आश्रय स्थल ‘साझा घर नेपाल’लाई गायक सुजनले केही थान चामलका बोरा , दाल, चना, कार्टुन चाउचाउ तथा चकलेट गरि विभिन्न खाद्यान्न सामाग्री सहयोग गर्नु भएकाे हा ।
बिगत ५ बर्षदेखि आफ्नो जन्मदिनको अवसर पारेर विभिन्न सामाजिक संथालाई सहयोग गर्दै आएका गायक सुजनले गत वर्षहरुमा पनि विभिन्न मानव सेवामा सग्लन सस्थालाई सहयोग गर्नु भएकाे  थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close