राप्रपालाई प्रदेश सभामा कुर्सीको व्यवस्थापन नभएकोमा आपत्ती

 

सुर्खेत । कर्णाली प्रदेश सभामा प्रतिपक्ष दल राप्रपाका सांसदलाई सीट व्यवस्थापन नगरेकोमा आपत्ती जनाइएको छ । ३५ संदस्यीय प्रदेश सभामा राप्रपाबाट प्रतिनिधित्व गर्ने सांसद सोशीला शाहीलाई अग्र लाइनमा सिट व्यवस्थापन नभएपछि आपत्ती जनाइएको हो ।
आज सञ्चालन भएको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका सांसदहरु समय अगावै पुगेपछि सभामुख राजबहादुर शाहीले बैठक शुभारम्भ गर्नु भएको थियो । आज शहिद दिवस भएकाले सभामुखले देशमा आमुल परिवर्तनका लागि बलिदानी दिने शहिदको सम्झनामा मौनधारणका लागि आग्रह गर्नेक्रममा सांसद शाही हलमा प्रवेश गर्नु भएको थियो ।

मौनधारणको क्रम सकिएपछि सबै सांसद आ–आफ्नो सिटमा बसेका थिए । तर राप्रपाकी सांसद शाही भने आफ्नो सिट कहाँ छ भनेर अलमलमा परेको पर्नु भएको थियो ।

यसअघिका बैठकमा प्रतिपक्षी दल भनेर बैठक कक्षको अगाडी सिटमा बस्दै आएकी शाहीलाई हाल सचिवालयले पछिल्ला सिटमा बस्ने व्यवस्थापन गरेपछि शाहीले आपत्ती जनाउनु भएको थियो ।

संसद बैठकमा सबै सांसदको समान हैसियत भएपनि सिट व्यवस्थापनमा सचिवालयले गरेको व्यवहार ठिक नभएको शाहीले बताउनु भएको हो । ‘कुनै विषयमा विमती जनाउँदा एमालेको सांसद भयो भनेर प्रचार गरिन्छ,’ शाहीले दुखेसो पोख्नु भयो। ‘संसद बैठकमा आउँछु, सचिवालयको व्यवहार अर्कै देख्छु सभामुख महोदय मलाई गेटबाटै प्रवेश नगर भन्नुहोस्, म आउँदिन् उहाले भन्नु भयो ।’

दलको मान्यता दिएपछि त्यहीँ खालको व्यवहार गर्नु पर्यो भन्दै शाहीले थपिन ‘आवश्यक भयो भने बोलाउनु होला, नभए गेट बाहिरै जनताका मुद्दा राखुला ।’ आफ्ना धारणा पोखेर बैठक हलबाट बाहिरिएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगितगर्नु भएको थियो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close