कोभिड १९ को तेस्रो लहरसङ्ग जुध्न तयारीमा जुट्यो कर्णाली सरकार

 

कमल कुमार न्यौपाने
माघ ३,सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेश सरकार गठन भएसङ्गै कोभिड १९ को तेस्रो लहरसङ्ग जुध्न प्रदेश सरकार गम्भीर भएर लागेको बताउनु भएको छ ।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले नागरिकको स्वास्थलाइ प्रदेश सरकारले मुख्य प्राथमिकता दिदै जस्तोसुकै अवस्थामा पनि नागरिकलाई तेस्रो लहरबाट बचाउन काम गर्ने बताउनु भएको छ ।पछिल्लो एक महिनाको अवधिमा कर्णालिमा २४५ जनामा कोरोना संक्रमण देखिएको छ । २१० जनाको पिसी आर परिक्षण गर्दा ६६ जनामा र एक हजार ३७२ जनाको एन्टिजिन परिक्षण गर्दा १७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल कर्णालीमा २२८ जना होम आइसोलेसन तथा सस्थागत आइसोलेसनमा २ जना रहनु भएको छ ।
हाल सम्म कर्णालिमा जम्मा नागरिकको सख्याको ४५.४ प्रतिशत तथा पुर्णमात्रा ३३.६ प्रतिशतले खोप लगाई सकेका छन् । यस्तै लक्षित वर्गतर्फ १२ बर्ष देखि १७ बर्ष उमेर समुहलाई पहिलो मात्रा ७६.४ प्रतिशत त्यस्तै १८ बर्ष उमेर भन्दा माथिकालाई ५५.७ प्रतिशत अर्थात पुर्ण मात्रा ५१.३ प्रतिशत नागरिकले खोप लगाइ सकेका छन् । ओमिक्रोन भाइरसको असर न्युनिकरणका लागि पिसीएमसीको बैठकबाट स्वास्थ्य सस्थाहरुमा अक्सिजन प्लान्टहरुको सञ्चालन तथा स्वास्थ्यकर्मीहरुको परिचालन गर्ने भएको छ

नेपालमा कोभिड –१९को तेस्रो लहर ओमिक्रोन भाइरसको सक्रमंण बढ्न थालेको छ । कर्णाली प्रदेश सरकार पनि त्यसबाट अछुतो रहन सकेको छैन । मुख्यमन्त्री जीवन बहादुर शाहीको नेतृत्वमा सरकार गठन भए सगै सरकारका काम कार्वाहीलाई प्रभावकारी र ब्यबस्िथत बनाउदै अधि बढिरहेको बेला अब कोभिड –१९को तेस्रो लहरसगं जुध्नुपर्ने परिस्थिति आएको छ । प्रदेश सरकार नागरिकको घर आगनको सरकार भएकाले पनि यस बारेमा गम्भीर भएको छ । कर्णालीका जनताको सुरक्षा गर्ने प्रदेश सरकारले पहिलो प्राथमिकतामा पनि राखेको छ । पछिल्लो एक महिनाको अवधिमा कर्णालिमा २४५ जनामा कोरोना संक्रमण देखिएको छ । २१० जनाको पिसी आर परिक्षण गर्दा ६६ जनामा र एक हजार ३७२ जनाको एन्टिजिन परिक्षण गर्दा १७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल कर्णालीमा २२८ जना होम आइसोलेसन तथा सस्थागत आइसोलेसनमा २ जना रहनु भएको छ ।
हाल सम्म कर्णालिमा जम्मा नागरिकको सख्याको ४५।४ प्रतिशत तथा पुर्णमात्रा ३३।६ प्रतिशतले खोप लगाई सकेका छन् । यस्तै लक्षित वर्गतर्फ १२ बर्ष देखि १७ बर्ष उमेर समुहलाई पहिलो मात्रा ७६।४ प्रतिशत त्यस्तै १८ बर्ष उमेर भन्दा माथिकालाई ५५।७ प्रतिशत अर्थात पुर्ण मात्रा ५१।३ प्रतिशत नागरिकले खोप लगाइ सकेका छन् । ओमिक्रोन भाइरसको असर न्युनिकरणका लागि पिसीएमसीको बैठकबाट स्वास्थ्य सस्थाहरुमा अक्सिजन प्लान्टहरुको सञ्चालन तथा स्वास्थ्यकर्मीहरुको परिचालन गर्ने भएको छ । प्रदेश सरकारले एम्बुलेन्स खरिद गर्नेका लागि प्रदेश अस्पताल सुर्खेत ,स्वास्थ सेवा कार्यालय दैलेख स्वास्थसेवा कार्यालय जाजरकोट र स्वास्थसेवा कार्यालय सल्यानमा प्रति अस्पताल २० लाखको दरले जम्मा ८० लाख रूपैयाँ पठाएको छ ।


यस्तै शब बाहन खरिदका लागि स्वास्थ्यसेवा दैलेख , स्वास्थ्यसेवा कालिकोट स्वास्थ्यसेवा सन्यान रस्वास्थ्यसेवा रूकुम पश्चिमीमा प्रति अस्पताल १२ लाखको दरले ४८ लाख रूपैयाँ पठाएको छ । प्रदेश अस्पताल सुर्खेतको मेसिनरी औजार खरिद अनलाइन युपिएस सिस्टम खरिदका लागि ३८ लाख प्रदेश जनस्वास्थ्य प्रयोगशाला आबश्यक मेसेनरि औजार खरिदका लागि २ करोड तथा पञ्चपुरी नगरपालिका सुर्खेतको कोभिड १९ ब्यबस्थापकिय खर्चका लागि १० लाख गरि जम्मा २ करोड ४८ लाख बजेट पठाएको छ । कर्णाली प्रदेशमा स्थापना भई संचालन भएका ६६ वटा सामुदायिक स्वास्थ सतर्कता र सुरक्षित ब्यबहारका लागि प्रदेश सरकारले प्रति एकाइ ५ लाखका दरले ३ करोड ३० लाख सम्बन्धित स्थानीय तहलाई बजेट उपलब्ध गराई सामुदायिक स्वास्थ्य इकाईहरूको सेवा निरन्तर गरिएको छ ।

कोरोना को पहिलो तथा दोस्रो लहरमा अक्सिजनको ठुलो अभाब भोगेको कर्णालिमा यस पटक भने १०० देखि ५०० सम्म ऊि क्षमताका अक्सिजन प्यान्ट स्थापना गरिएको कर्णाली प्रदेश सरकारले जनाएको छ । कर्णाली प्रदेश भित्रीने मुख्य तिन नाकाहरुमा कोरोना परिक्षण गर्ने ब्यवस्था समेत मिलाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close