सुर्खेत—काठमाडौंका लागि श्री एयरलाइन्सले गर्यो परीक्षण उडान (फोटोफिचर)

सुर्खेत,२६ माघ । सुर्खेतदेखि काठमाण्डौं निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले परीक्षण उडानमा गरेको छ ।
उडानका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति पाएसँगै सोमबार परीक्षण उडान गरेको हो ।
वरिष्ठ क्याप्टेन भरत सिं थापाले श्री एअरको ८० सिटे टर्बोप्रोप ‘क्यूआर ८००’ जहाजमार्फत सुर्खेत परीक्षण उडान गरेका छन् ।

१० बजेर ३५ मिनेटमा उक्त जहाज धावनमार्गमा अवतरण गरेको थियो । सुर्खेतको आकाशमा दुई वटा परीक्षण गरिसकेपछि बिहान ११ बजेर ४० मिनेटमा जहाज काठमाडौं फर्किएको हो ।
अब नियमित उडान गर्दा कतिसम्म लोड बोक्न सकिन्छ भन्नेबारे एअरलाईन्सका प्राविधिकहरुले अध्ययन गर्ने सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीले बताए ।

श्री एअरलाईन्सका निर्देशक अनिल मानन्धरका अनुसार उक्त क्षमता भएका जहाज अवतरणका लागि रनवे उपयुक्त छ । नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने उनले बताए ।
उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष धन बहादुर रावतले काडमाण्डौं सम्मको हवाई उडानमा अभाव खेप्दै आएको कर्णालीको राजधानीमा नियमित कार्य क्षेत्र बनाई निरन्तरता दिन अनुरोध गरे ।

‘बिगतमा बुद्ध एअरले उडान भर्दै आएपनि महँगो र प्रयाप्तता थिएन अब निरन्तरता दिनुहुनेछ भन्ने विस्वास छ,’अध्यक्ष रावतले भने, ‘एअरलायन्सलाई आवश्यक सहयोग गर्न नीजि क्षेत्र तयार रहेको छ ।’
वरिष्ठ क्याप्टेन भरत सिं थापाले सुर्खेत विमानस्थलका लागि ८० सिटे जहाज ल्याण्ड गर्न कुनै पनि प्राविधिक समस्या नभएको दाबी गरे ।

उनले प्राविधिक कुरा भन्दा पनि यात्रुको समस्याका कारण हवाई कम्पनीहरुको उडान निरन्तर नभरेको बताए ।
सुर्खेतलाई हवाई यातायातबाट थप बलियोसँग जोड्ने उद्देश्यले उडानलाई निरन्तरता दिने क्याप्टेन कुन्धन गिरीले बताए ।

गिरीले निरन्तर उडान गर्न कर्णालीका नागरिक र सरोकारवालहरुको महत्वपुर्ण भुमिका रहेकोले श्री एअरको निरन्तरतासँगै भाडा दरमा पनि सहुलियत हुने बताए ।
उनका अनुसार नियमित उडान गर्न कम्तीमा २० दिन लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close