साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाउन सार्वजनिक विदा

सुर्खेत, २८ असार ।
कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाउन सार्वजनिक विदा दिएको छ । पर्व मनाउन साउन १ गते सार्वजनिक विदा दिएको हो ।
कर्णाली प्रदेश स्थित सबै सार्वजनिक संघ संस्थाहरुमा  सार्वजनिक विदा दिन गत चैत्र २९ गतेको मन्त्रिपरिषदले निर्णय गरेको थियो । प्रदेश सरकारले १ गतेलाई देउडा पर्व मनाउन सार्वजनिक विदा दिएपनि हरेक महिनाको १ र १५ गते राजधानी वीरेन्द्रनगर सुर्खेतमा देउडा खेलको स्वतः मेला लाग्ने गर्दछ ।
साविकको कर्णालीमा मेला देखि नयाँ घर निर्माण सम्पन्न गर्दा, व्रतबन्ध, विवाहवारी, न्वारन, छैटी, विभिन्न स्थानीय चाडपर्वको केन्द्रबिन्दुमा यो खेल हुन्छ । तरुणदेखि वृद्धले उमेर, समाज र परिवेश विशेषका गीत विभिन्न शैलीमा गाउँदै उनीहरुले आफ्नो क्षमता र पहिचान दुवै देखाउने गर्दछन् । पुरुष÷पुरुष, महिला÷महिला वा महिला पुरुष जस्तोसुकै समूह बनाएर खेलिने देउडा दुःख, पीडा, खुशी, व्यग्य, आलोचना, तर्क, भावना व्यक्त गर्ने माध्यमयुक्त थलो हो । जहाँ विकास, राजनीति, अर्थ, धर्म, संस्कृति, समाजको वास्तविक चरित्र र विशेषताका बारेमा समेत स्पष्ट बयान गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close